आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

डिसी नेपाल
३१ भदौ २०८३ ९:३५

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषयका साथै सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने भएको छ । बैठकले आवश्यक विषयमा निर्णयसमेत गर्ने जनाइएको छ ।

सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा छलफलपछि आवश्यक निर्णय सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *