डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना घाइते

डिसी नेपाल
२ असोज २०८३ ८:२१

सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज बिहान सडकमा राखिएको डिभाइडरमा तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका अनिललाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *