राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते

डिसी नेपाल
७ असोज २०८३ १५:१४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि सातवटै प्रदेशको अधिवेशनको तयारी थालेको छ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सबै प्रदेशको अधिवेशन असोज २१ गते एकैदिन हुनेछ। केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि तोकेको छ।

जसअनुसार कोशीमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल र गण्डकीमा अमृत पुडासैनी तोकिएका छन्। त्यस्तै, लुम्बिनीमा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा निर्वाचन समितिका सदस्य सचिव श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधि तोकिएको छ।

राप्रपाले प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने र आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *