काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३१ चालक ट्राफिक कारबाहीमा, ६८ जना मापसेमा परे

डिसी नेपाल
८ असोज २०८३ ८:०५

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने ३३१ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा बिहीबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने ६८ जना रहेका छन्। त्यस्तै सिसिटिभी मार्फत निगरानी गरी ४० जना, तीव्र गतिमा सवारी हाँक्ने ४४ जना र रातोबत्तीको इसारा उल्लंघन गर्ने १० जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

यसैगरी, अनावश्यक हर्न बजाउने ६ जना, लेन अनुशासन पालना नगर्ने ६ जना, सवारी साधनको यान्त्रिक अवस्था ठिक नराख्ने ५ जना र एकतर्फी (वन-वे) सडकमा सवारी चलाउने ५ जनालाई पनि कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने थप १४७ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *