कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी दर्ता

डिसी नेपाल
२० असोज २०८३ १४:०६

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली युवा नेता नैनसिंह महरले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर महामन्त्री पदमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महरले आफूले करिब तीन वर्षअघिदेखि नै महामन्त्री पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गर्दै आएको बताए। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन्।

उनले आफू कसैको लहड वा कुनै गुटको आग्रहमा नभई आफ्नै दृढ निर्णय र स्पष्ट राजनीतिक कार्ययोजनासहित महामन्त्रीको चुनावी मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।

नेपाली कांग्रेसभित्र रहेका विभिन्न वैचारिक धार र आन्तरिक गुटबन्दीलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध, बलियो र जीवन्त बनाउनु नै आफ्नो मुख्य राजनीतिक उद्देश्य रहेको महरले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *