कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी

डिसी नेपाल
२० असोज २०८३ १४:३९

काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। खस आर्यतर्फ उम्मेदवारी दिएका उनले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

तर उनले कुनै पनि पद नलिइ त्यागको भूमिका खेलेका थिए। अर्थात् उनी पद ओगट्न भन्दा पनि पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनु पर्छ भनेर कुनै पनि पद नलिइ विशेष महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेका थिए।

त्यतिमात्र होइन उनले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समेत उम्मेदवारी नदिइ पार्टीलाई संगठित गर्न लागि परेका थिए। आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग सँगसँगै काम गरेका नेता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *