सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

डिसी नेपाल
२६ असोज २०८३ ११:३१
172
Shares

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *