नेपाल टेलिकमद्वारा ‘अटम अफर २०८३’ सार्वजनिक: आकर्षक भ्वाइस र डाटा प्याकेज उपलब्ध

डिसी नेपाल
२७ असोज २०८३ १३:०९
40
Shares

काठमाडौं।नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विभिन्न नयाँ तथा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सञ्चालनमा ल्याएको छ। कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी भ्वाइस, डाटा तथा कम्बो प्याकेजहरूलाई थप परिमार्जन र ग्राहकअनुकूल बनाएर सार्वजनिक गरेको हो।

अफरअन्तर्गत ‘अल नेट भ्वाइस प्याक’ श्रेणीमा ग्राहकहरूले ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज प्राप्त गर्न सक्नेछन्। यी प्याकहरूको समयावधि क्रमशः १ दिन, ३ दिन, ७ दिन र ३० दिनको रहने टेलिकमले जनाएको छ।

त्यसैगरी ‘सजिलो अनलिमिटेड’ प्याकअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनका लागि अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिने सुविधा दिइएको छ। अर्कोतर्फ १,४९९ रुपैयाँको ३० दिने प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस उपलब्ध गराइएको छ।

पोस्टपेड प्रयोगकर्ताहरूका लागि टेलिकमले ३७३ रुपैयाँ रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस, डाटा तथा कम्बो प्याकहरू समावेश गरेको छ। यसका साथै बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच (FTTH) प्याकेजहरू पनि अफरमा कायम राखिएका छन्। फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत विशेष छुट्टै प्याकेजको व्यवस्था गरिएको छ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यी सेवाहरू खरिद गर्न तथा विस्तृत जानकारी लिन ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन्। साथै ‘नेपाल टेलिकम’ एप तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि सेवाहरूबारे जानकारी लिई प्याकेज खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *