सुनको मूल्यमा गिरावट

डिसी नेपाल
२७ असोज २०८३ ११:१३
400
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार नि सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार उल्लेख्य घटेको सुनको मूल्य मंगलबार थप ओरालो लागेको हो।

सोमबार प्रतितोला २,१०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य मंगलबार थप २,२५० ले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसअघि सोमबार चाँदी २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ पुगेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *