महोत्तरीमा घुस प्रकरण, खरिदार र सहायक न्यायाधिवक्ता दुर्गममा सरुवा

डिसी नेपाल
२८ असोज २०८३ १९:५५
28
Shares

महोत्तरी । वन मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस मागेको प्रकरणमा मुछिएका महोत्तरीस्थित सरकारी वकिलको कार्यालयका कर्मचारी र अधिकारीमाथि छानबिन सुरु भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ताको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

छानबिन प्रभावित नहोस् भनेर उक्त अडियोमा जोडिएका खरिदार घनश्यामप्रसाद देवकोटालाई मनाङ र सहायक जिल्ला न्यायाधिवक्ता दीपेन्द्रकुमार दासलाई इलाम सरुवा गरिएको छ। एक्स्काभेटर र टिपर उन्मुक्ति दिन रकम मागिएको अडियो बाहिरिएपछि महान्यायाधिवक्ताको कार्यालयले यसमा चासो देखाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *