काठमाडौंबाट अवैधरूपमा लुकिछिपी बसेका १० विदेशी नागरिक पक्राउ

डिसी नेपाल
२८ असोज २०८३ २०:४६
36
Shares

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा मोहमद मुक्तर होसेन, अब्बास अली, रफिक आलम, मोहम्मद अरिफ सोसन, अजिजुल, अब्दुल, मोहम्मद आलम करिम, मेहेताब मण्डल, रातुल ईस्लाम र बसर खान रहेका छन्।

उनीहरूलाई सशस्त्र प्रहरी नेपालको १८ नं गण हेडक्वार्टर (विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरवबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *