भेरी करिडोरको दुनै–लासिक्याप सडकमा ६० प्रतिशत प्रगति

डिसी नेपाल
२८ असोज २०८३ २१:०७
4
Shares

काठमाडौं। रुग्ण अवस्थामा रहेको भेरी करिडोरअन्तर्गत दुनै–लासिक्याप सडक खण्डको निर्माणमा उल्लेख्य प्रगति भएको छ।

यस सडक खण्डमा अहिले ट्र्याक खोल्ने काममा ६० प्रतिशत प्रगति भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुगमन र पहलपछि सडक निर्माणका क्रममा देखिएको विस्फोटसम्बन्धी समस्या समाधान भएको छ। करिडोरको अन्तिम प्याकेजअन्तर्गत लासिक्याप–सिसैल खण्डको निर्माणसमेत सुरु भएको छ। यसैगरी, काम अघि बढ्न नसकेका तल्लुबगर–त्रिवेणी र त्रिवेणी–चुगाड सडक खण्डको मन्त्रालयले निरीक्षण गरी निर्माण प्रक्रिया अघि बढाएको छ।

करिडोरअन्तर्गत पुल निर्माणमा पनि प्रगति भएको छ। यसअघि कुनै प्रगति नभएको तर्ता खोलाको पुलको तल्लो संरचना निर्माण सम्पन्न भएको छ। नलगाड र झिम्री खोलाका पुलमा एक भागको खम्बा निर्माण सकिएको छ भने बीचको भागमा जग खन्ने काम भइरहेको छ। माइदे र तासु खोलामा पनि पुल निर्माणका लागि जग खन्ने काम अघि बढेको मन्त्रालयले जनाएको छ।

डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लालाई जोड्ने रणनीतिक महत्त्वको भेरी करिडोर निर्माण समयमै सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *