बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

डिसी नेपाल
१ कार्तिक २०८३ ९:२२
12
Shares

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंटेपाटीमा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेटले सोही दिशातर्फ गइरहेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको सन्धिखर्क गाउँपालिका–६ का चन्द्र बुढाथोकीका ९ वर्षीय छोरा जुवास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा बालकका बाबु चन्द्र बुढाथोकी र उनकी श्रीमती घाइते भएका छन्। दुवै जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *