पेटमा लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसाबाट बरामद

डिसी नेपाल
२ कार्तिक २०८३ १५:२२
12
Shares

कञ्चनपुर। कञ्चनपुरमा पेटभित्र लागुऔषध लुकाएर ल्याएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको शरीरबाट दिसा गराउने क्रममा १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चौधरीलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्ट क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। शंकास्पद अवस्थामा रहेका उनलाई त्यसपश्चात् महाकाली प्रादेशिक अस्पतालको विशेष निगरानीमा राखिएको थियो।

अस्पतालमा निगरानीका क्रममा उनले दिसा गर्दा कालो प्लास्टिकभित्र चार वटा पुडियामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका चौधरीमाथि लागुऔषध कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *