नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो: सुन प्रतितोला २ लाख ९० हजार २ सय पुग्यो

डिसी नेपाल
२ कार्तिक २०८३ १४:५८

काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै आज सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको थियो। गत शुक्रबार प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारको तुलनामा भने १ सय रुपैयाँले बढेको छ।

यसैगरी चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार १ सय ८५ रुपैयाँ पुगेको छ। आइतबार ५० रुपैयाँले घटेको चाँदी गत शुक्रबार भने प्रतितोला ४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *