इन्डोनेसियामा भूकम्प

डिसी नेपाल
१८ मंसिर २०७६ १४:०५

जकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ।

इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो।

विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ।

स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन।

इन्डोनेसियामा बर्सेनि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *