नेपाल भर्सेस श्रीलंका फुटबलः पहिलो हाफमा नेपालको अग्रता
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत बुधबार दशरथ रंगशालामा जारी नेपाल र श्रीलंकाबीचको फुटबल खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। नेपालका लागि कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए।
खेलको ३५ औं मिनेटमा नेपाली खेलाडीलाई डि बक्स भित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। सो अवसर कप्तान श्रेष्ठले मिस गरेनन्। उनले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाए।
जारी सागमा सुजलको यो तेस्रो गोल हो। यसअघि भुटानसँगको खेलमा सुजलले २ गोल गरेका थिए। नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो। नेपालले यो खेल जिते पदक निश्चित हुनेछ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment