साग फुटबलः बराबरी खेल्दै नेपाल र श्रीलंकाले अंक बाँडे

डिसी नेपाल
१८ मंसिर २०७६ १९:०५

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगतको दोस्रो खेलमा नेपालले बराबरी खेलेको छ।

बुधबार दशरथ रंगशालामा भएको नेपाल र श्रीलंकाबीचको खेल १–१ को बराबरीमा सकिएको हो। श्रीलंकाले ईन्जुरी समयमा फ्रिकिक मार्फत गाल गर्दै खेललाई बराबरीमा ल्याएको हो।

नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। नेपालका लागि कप्तान सुजल श्रेष्ठले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए। नेपाली खेलाडीलाई डि बक्स भित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। तर श्रीलंकाका खेलाडीले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीसँगै नेपालले श्रीलंकासँग अंक बाँडेको छ। नेपालको दुई खेलमा ४ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *