उसुको नानछ्वान अलराउन्डमा निमाले जितिन् स्वर्ण
काठमाडौँ । १३औं साग अन्तर्गत बिहीबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् ।
खेलको पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याएकी हुन् । उनले समग्रमा १८.९१ अंक प्राप्त गरिन्।
यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारीले कास्य पाईन्।
योसँगै निमाले सागमा लगातार दुई स्वर्ण जितिन्। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्।
निमाले भारतमा भएको १२औं सागमा पनि स्वर्ण जितेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment