हैदराबाद काण्ड नसेलाउँदै अर्की सामूहिक बलात्कार पीडितलाई पेट्रोल खन्याएर जिउँदै जलाइयो

डिसी नेपाल
१९ मंसिर २०७६ १३:४५

काडमाडौं। हैदराबादमा महिला डाक्टरलाई सामूहिक बलात्कारपछि हत्या गरेर शवलाई जलाइएको घटनाले अहिले सिंगो भारतमा हंगामा मच्चिएको छ । यही बीचमा अर्को यस्तै घटना भएको छ । उत्तर प्रदेशको उन्नावमा बलात्कार पीडित एक युवतीलाई पेट्रोल खन्याएर जिउँदै आगो लगाइएको छ । आज तकको समाचार अनुसार ५ आरोपीहरुले उनलाई गाउँबाहिर खेतमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।आरोपीहरुलाई पक्राउ गरिएको छ । युवतीको शरीर ९० प्रतिशत जतिसकेको छ । यति भएर पनि उनी गम्भीर अवस्थामा जीवित छिन् ।

उनलाई गम्भीर हालतमा लखनउको ट्रमा सेन्टर रिफर गरिएको छ । यी युवतीलाई गएको मार्चमा सामूहिक बलात्कार गरिएको थियो । उनलाई आगो लगाउने ५ जनामध्ये २ जना तिनै आरोपीहरु हुन् जले उनलाई मार्चमा बलात्कार गरेका थिए । युवतीलाई जिउँदै जलाइएको घटनापछि यो क्षेत्रमा हल्लाखल्ला भएको थियो । सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले उनलाई गम्भीर हालतमा जिल्ला अस्पताल पठाएको थियो जहाँबाट उनलाई ट्रमा सेन्टर लखनउ रिफर गरिएको छ ।

जलेर हालत गम्भीर भए पनि पीडित युवतीले कुराकानी भने गर्न सकेकी छिन् । उनले पुलिसलाई आफ्नो बयान दिएकी छिन् । पीडितले बयानमा ५ जना आरोपीको नाम बताएकी छिन् । आरोपीमध्ये केही आरोपीले भर्खरै जेलबाट छुटेपछि उनलाई जलाएका हुन् । पीडित युवती यसअघि बलात्कारको शिकार भएकी थिइन् । बलात्कारका तिनै आरोपीहरुले अहिले उनलाई जलाएर मार्ने प्रयास गरेको बताइएको छ ।

पुलिसले मुद्दा दर्ता गरेर जाँच सुरु गरेको छ । सबै ५ आरोपी पक्राउ परिसकेका छन् । यीमध्ये २ जना युवतीलाई बलात्कार गरेका आरोपी हुन् । यिनै दुई आरोपीले जेलबाट जमानतमा छुटेपछि आफ्ना अन्य तीन साथीसँग मिलेर युवतीलाई जलाउने कोसिस गरेका हुन् । पीडित युवती पैदल रेलवे स्टेशन जाँदै थिइन् । आरोपीहरुले बीच बाटोमा रोकेर उनलाई आगो लगाएका हुन् ।

गएको मार्च महिनामा गाउँप्रधानका छोरासमेत २ युवकले युवतीलाई बलात्कार गरेका थिए । पीडितले दुवैविरुद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन् । एक आरोपीलाई पुलिसले अहिलेसम्म पक्राउ गरेको थिएन । एकलाई पक्राउ गरिएको भए पनि केही दिनअघि मात्र जेलबाट जमानतमा छुटेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *