साग फुटबलः भुटानको सनसनीपूर्ण जित
काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)को पुरुष फुटबलमा बिहीबर भुटानले माल्दिभ्समाथि सनसनपूर्ण जित हात पारेको छ। जारी प्रतियोगितामा यो भुटानको दोस्रो जित हो।
बिहीबार दशरथ रंगाशालामा भएको खेलमा भुटानले बलियो मानिएको माल्दिभ्सलाई २–१ गोल अन्तरले पाखा लगाउँदै सनसनीपूर्ण प्रदर्शन गरेको हो। यसअघि भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पाखा लगाएको थियो। जितसँगै भुटान ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। जारी प्रतियोगितामा एक जित र एक बराबरी खेलेको नेपालको ४ अंक छ। अब नेपालले माल्दिभ्स र बांगलादेशसँग खेल्न बाँकी छ। नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने बुधबार श्रीलंकासँग १–१ को बराबरी खेल्दै अंका बाँडेको थियो।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भुटानले अग्रता लियो । उसका लागि ५५ औं मिनेटमा छिम्मी दोर्जेले गोल गरे । खेलको ८४ औं मिनेटमा फुब थिन्लेले अग्रता दोब्बर बनाए ।
खेलको अन्तिम मिनेटमा हाम्जा मोहम्मदले माल्दिभ्सका लागि गोल गरेपनि टोलीका हार टार्न सकेनन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment