एथ्लेटिक्समा नेपालका गोपीलाई स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।
योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ। यस्तै एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्ण हो। यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्।
यस स्पर्धामा नेपालकै हरिकुमार रिमालले कास्य जिते । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे।
भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत जिते। महिलातर्फको ५ हजार मिटर दौडमा श्रीलंकाकी उदा कुबुरालांगेले स्वर्ण जितिन् । भारतकी पारुल चौधरीले रजत र भारतकै प्रिती लाम्बाले कास्य जितिन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment