बलात्कार गरेकै ठाउँमा लगेर पुलिसले कसरी ठोक्यो गोली ? यस्तो छ इन्काउन्टरको नालिबेली
हैदराबाद। हैदराबादमा महिला डाक्टरको बलात्कार गरी हत्या गरेर उनको शव जलाउने ४ जना आरोपीहरुलाई पुलिसले इन्काउन्टरमा गोली ठोकेर मारिदिएको छ । शुक्रबार बिहान जब पूरै देश सुतेर उठिरहेको थियो त्यही बेला पुलिस इन्काउन्टरमा चारैजना आरोपी मारिएको खबर आएको थियो । पुलिस र आरोपीहरुबीचको यो मुठभेड त्यही ठाउँमा भएको थियो जहाँ आरोपीहरुले महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए ।
बुधबार राती पुलिस र यी आरोपीबीच के भयो जका कारण पुलिसले उनीहरुलाई गोली ठोकेर मार्नुपर्यो ? रातको पूरा घटनाक्रम के थियो ? यस विषयमा धेरैको चासो छ । पुलिसलाई अदालतले यी आरोपीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पुलिस यी ७ दिनमा सोधपुछ गरिरहेको थियो । यसै क्रममा पुलिसले त्यो दिनको घटनाबारे विस्तृत रुपमा जान्नको लागि घटनाको ‘सिन रिक्रिएट’ (घटना जस्ताको तस्तै दोहोर्याउने) गर्नको लागि आरोपीहरुलाई त्यही ठाउँमा लिएर गयो जहाँ उनीहरुले डाक्टरलाई सामूहिक बलात्कार गरेर मारेका थिए ।
पुलिसको दावी अनुसार सिन रिक्रिएसनकै क्रममा आरोपीहरुले पुलिसमाथि आक्रमण गरे र त्यहाँबाट भाग्ने कोसिस गरे । पुलिस र आरोपीबीच यही दौरान मुठभेड भयो र हैदराबाद पुलिसले चारैजनालाई गोली ठोकेर मारिदियो । यो इन्काउन्टर हैदराबादको नेशनल हाइवे ४४ मा भएको थियो । पुलिसले आरोपीहरुले पुलिसको बन्दुक खोसेर भागेको हुनाले आफूहरुले गोली हान्नुपरेको दावी गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment