दक्षिण एसियाली खेलकुदका कारण चक्रपथ ठप्प (फोटोफिचर)
काठमाडौं। जारी दक्षिण एसियाली खेलकुदका कारण राजधानीको चक्रपथमा यातायात अवरुद्ध भएको छ । अत्यन्तै व्यस्त हुने चक्रपथको बीचको लेनमा आज सवारी चलाउन दिइएको छैन । दक्षिण एसियाली खेलकुदको साइक्लिङ खेलका लागि यो लेन खाली गराइएको हो।
आज साइक्लिङ खेल चलिरहँदा बीचको लेन पूरै खाली गरेर सवारी साधनलाई छेउको साँघुरे लेनबाट मात्र गुड्न अनुमति दिइएकोले यसै पनि यातायात अवरुद्ध थियो । त्यसमाथि खेल हेर्न दर्शक त्यही लेनमा उभिएपछि सवारी सञ्चालन थप कठिन भएको थियो ।
तस्वीरः रमण मानन्धर/डिसीनेपाल





No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment