सागका कारण काठमाडौंका यी रुटहरूमा शनिवार चलाउन पाइनेछैन सवारी साधन
काठमाडौँ । नेपालमा चलिरहेको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत म्याराथुन दौड प्रतियोगिताका कारण भोली शनिबार काठमाडौका केहि रुटहरूमा सवारी साधन चलाउन रोक लगाइएको छ । शुक्रवार ट्राफिक प्रहरी महाशाखाले एक सूचना निकाल्द दौड हुने क्षेत्रमा सवारी नचलाउन अनुरोध गरेको हो ।
म्याराथुन दौड प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भइ टेकु, कालिमाटी, कलंकी, बल्खु, सातोबाटो, कोटेश्वर, गठ्ठाघर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुन सल्लाघारी, कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, वीर अस्पताल, जमल, लैनचौर, दरबारको उत्तर ढोका, रानीपोखरी, जयनेपाल, संग्रहालय दक्षिण गेट, घण्टाघर, भद्रकाली, नागस्थान हुँदै दशरथ रंगशालासम्म सञ्चालन हुने हुने भएकाले यी स्थानमा बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी नचलाउन ट्राफिक प्रहरी महाशाखाले गरेको हो ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment