विश्व वैंकद्वारा चीनलाई दिने ऋणमा विस्तारै कमी गरिने

डिसी नेपाल
२१ मंसिर २०७६ ५:५२

वासिङ्टन । विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा आगामी पाँच बर्ष बहुपक्षीय उक्त संस्थाले दिने ऋणमा बिस्तारै कमी आउने बिहीबार उक्त संस्थाले जनाएको छ ।

चार दशकको उच्च वृद्धि दर र गरिबी निवारणपछि चीन विकासको नयाँ चरणमा प्रवेश गरेको छ र यसले उच्च प्रकार जीवन र दीर्घकालीन विकासको बाटो अवलम्बन गर्दै विकासका नयाँ चुनौतिलाई सम्वोधनको प्रयास गरिरहेको छ, सन् २०२० देखि सन् २०२५ को चीनका लागि नयाँ राष्ट्रिय साझेदारी ढाँचा (सीपीएफ) रिपोर्टमा उल्लेख छ।

सीपीएफ रिपोर्ट अनुसार विश्व वैंकको चीनसँगको सहकार्य ‘मजबुत रहने’ तरपनि ऋणमा कमी आउने हुँदा ‘कार्यक्रममा व्यापक छनोट’ गरिनेछ। चीनले विश्वको सार्वजनिक सामानमा हुने योगदान र संस्थागत रिक्ततालाई केन्द्रमा राखेर यो निर्णय लिएको वैंकले बताएको छ।

वंैकबाट पुनः निर्माण र विकासका लागि मध्यम–आय भएका विकासोन्मुख मुलुकलाई ऋण प्रदान गर्ने गर्छ । वैंकले हरेक बर्ष औसतमा चीनलाई उक्त शीर्षकमा एक अर्ब देखि डेढ अर्ब अमेरिकी डलर ऋण दिने गरेको थियो। यसलाई विस्तारै घटाइँदै लगिनेछ। तर चीनको अनुभवको आदानप्रदानलाई बढाउने अपेक्षा विश्व वैंकले गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *