४१ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा, क-कसले दिलाए स्वर्ण ? (सूची सहित)

डिसी नेपाल
२१ मंसिर २०७६ ६:५५

काठमाडौं । काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एशियाली खेलकुदको शुक्रबार छैटौं दिन नेपालले थप ५ स्वर्ण पदक जितेको छ।

नेपालले शुक्रबार गल्फमा २, एथ्लेटिक्समा एक, पौडीमा एक र भारोत्तलमा एक स्वर्ण पदक जित्यो।

बिहीबारसम्म ३६ स्वर्ण जितेको नेपालले शुक्रबार स्वर्ण पदक संख्या ४१ पुर्याएको छ। शुक्रबारसम्म कराँते, तेक्वान्दो, पौडी र भलिबलका खेल सकिएका छन्।

शुक्रबारसम्म १७९ स्वर्ण पदकको टुंगो लागेको छ। नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ काश्य पदकसहित ११ट पकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ।

साग पदक तालिका :

उता भारत शीर्ष स्थानमा यथावत रहेको छ। भारत ८१ स्वर्ण, ५९ रजत र २५ काश्यसहित १६५ पदकका साथ पदक तालिकाको शीर्ष स्थानमा छ।

तेस्रो स्थानमा रहेको श्रीलंकाले २३ स्वर्ण पदक जितेको छ। उसले ४२ रजत र ६९काश्यसहित १३४ पदक जितेको छ।

चौथो स्थानमा रहेको पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ काश्यसहित ६३ पदक जितेको छ। पाँचौं स्थानमा रहेको बांगलादेशले ४ स्वर्ण, १८ रजत र ५१ काश्यसहित ७३ पदक जितेको छ।

यस्तै छैटौं स्थानको माल्दिभ्स १ स्वर्ण र २ काश्यसहित ३ पदक छ भने स्वर्ण जित्न नसकेको भुटानको खातामा हालसम्म ६ वटा काश्य पदक छ।

सन् २०१९ (जारी)

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी) – सक्षम कार्की
३०. उसु (थाउलो नान्दौ) – निमा घर्ती मगर

३१. साइक्लिङ – लक्ष्मी मगर
३२. साइक्लिङ – बुद्धिबहादुर तामाङ
३३. जूनी राई- उसु
३४. भूपेन श्रेष्ठ–तेक्वान्दो
३५. गौरिका सिंह–पौडी
३६. सञ्जु चौधरी–भारत्तोलन

३७. दौडः गोपीचन्दा पार्की
३८. गल्फ एकल विधाः सुवास तामाङ
३९. गल्फः टिम इभेन्ट
४०. भारोत्तलनः विकास थापा
४१. पौडीः गौरिका सिंह

यसअघि आठौं सागमा नेपालले जितेका स्वर्णहरु

१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते

६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते

११. गंगाराम महर्जन (सिंगल काता), कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते

१६. टिम काता (महिला), कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो

२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो

२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *