नेपाल भर्सेस बङ्गलादेश : १० ओभरमा खेल नेपालको कन्ट्रोलमा

डिसी नेपाल
२१ मंसिर २०७६ १०:३५

काठमाडौ। १३ औं साग अन्तर्गत नेपाल र बङ्गलादेश यू २३ बीचको टि ट्वान्टी क्रिकेट जारी छ। १० ओभरको खेल सकिँदासम्म खेलमा नेपाल हावी देखिएको छ।

बांगलादेशले १० ओभरमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ। ११ औं ओभरमा बांगलादेशले अर्को विकेट गुमाएको छ। बांगलादेशले ११ औं ओभरमा चौथो विकेट गुमाएको हो। चौथो सफलता अभिनाष बोहोराले यासिर अली चौधरीलाई क्याच आउट गराए।

पूर्व कप्तान पारस खड्काले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए।

टी यू मैदानमा नेपालले पहिला टस जितेर पहिला बलिंग रोजेको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लले बांगलादेशलाई पहिला ब्याटिंग गर्न निम्तो दिएका छन्। कप्तान मल्लको टस जितेर पहिला बलिंग रोज्ने निर्णय पारसले सहि सावित गरिदिएका छन्।

पारसले २ ओभरमा ३ विकेट लिएर उत्कृष्ट बलिंग गरे। उनले पहिलो ओभरमा एक विकेट लिएका थिए भने आफ्नो दोस्रो ओभरमा २ विकेट लिएर बांगलादेशलाई ब्याकफुटमा धकेलिदिएका छन्। पहिलो पावर प्लेमा बांगलादेशले ३ विकेट गुमाएर २८रन बनाएको थियो।

जारी सागमा नेपालले एक जित र एक हार व्यहोरेको छ। माल्दिभ्सलाई पराजित गरेको नेपालले जारी प्रतियोगितामा श्रीलंका यू २३ सँग हार व्यहोरेको थियो।

आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। यो खेल जिते नेपालको फाइनल पुग्ने सम्भावना रहनेछ। यो खेल गुमाए नेपालको फाइनल पुग्ने सम्भावा लगभग समाप्त हुनेछ। शनिबार भएकाले पनि आज टीयू मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *