नेपाल र ओमानको राष्ट्रिय संग्रालयबीच सम्झौता

डिसी नेपाल
२१ मंसिर २०७६ १६:५८

काठमाडौ । ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालको पहलमा नेपालको राष्ट्रिय संग्रालय र ओमानको राष्ट्रिय संग्रालयबीच द्वीपक्षीय सम्झौता सम्पन्न भएको छ ।

नेपाल र ओमानको राष्ट्रिय संग्रालयबीच एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने गरी सम्झौता भएको राजदुत पराजुलीले जानकारी दिएकी छन् ।

राजदुत शर्मिला पराजुली र पुरातत्व बिभागका महानिर्देशक दामोदर गौतमको उपस्थितिमा नेपालका तर्फबाट राष्ट्रिय संग्रालय छाउनीका प्रमुख जयराम श्रेष्ठ र ओमानका तर्फबाट ओमान राष्ट्रिय संग्रालय ओमानका महानिर्देशक जमल विन हसन अल मोवासीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले नेपाल र ओमानबीच राष्ट्रिय संग्रालयबीच हुने विज्ञता र अनुभव आदानप्रदानले दुई देशको सम्बन्धमा थप आयाम थपिने बिश्वास राजदुत पराजुलीले ब्यक्त गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *