कोहलपुर प्रकरणमा घाइते विद्यार्थीलाई काठमाडौं ल्याइयो

डिसी नेपाल
२२ मंसिर २०७६ १६:३६

काठमाडौं। बाँकेको कोहलपुरमा आइतबार बिहान मालबाहक ट्रकले विद्यार्थी ठक्कर दिएपछि उत्पन्न भएको तनावमा प्रहरीको गोली लागि घाइते भएका दुईजना विद्यार्थी र ट्रकको ठक्करबाट घाइते भएकी विद्यार्थीलाई सेनाको हेलिकोप्टरबाट उपचाका लागि काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकोप्टरले ट्रकको ठक्करबाट घाइते विद्यार्थी प्रकृति चन्द र अन्य दुई विद्यार्थीलाई काठमाडौं ल्याइएको हो।

आइतबार विद्यालय समयमा सडकमा हिँडिरहेकी विद्यार्थी चन्दलाई ट्रकले ठक्कर दिएपछि विद्यार्थी स्थानीयले सो ट्रकमा आगजानी गरेका थिए। त्यसपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरील अन्धाधुन्ध लाठी प्रहार गरेको थियो। त्यसपछि तनाव बढेपछि प्रहरीले गोलीसमेत चलाउँदा २ जना विद्यार्थीलाई गोली लागेको छ।

यतिबेला पनि कोहलपुरमा कफ्र्यू लागे पनि प्रदर्शनकारीहरुले सडक कब्जा गरी प्रदर्शन गरिरहेका छन्।

तस्वीर सहयोगः बाँकेबाट पत्रकार खगेन्द्र दाहाल।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *