केन्यामा नेपाललाई एक स्वर्णसहित ७ पदक प्राप्त

डिसी नेपाल
२३ मंसिर २०७६ ९:५९
8
Shares

काठमाडौँ । सातौँ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ मा नेपालका खेलाडीले स्वर्ण पदक जितेका छन्।

प्रतियोगितामा नेपालले १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता नम बिष्टले (कैलाली) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जय बहादुर तामाङ (गोरखा) १ रजत (फाईट) १ रजत (सामुहिक काता) १ कास्य (एकल काता) र मंगल शाहीले (सुर्खेत) १ कास्य (फाईट) पदक नेपालका जितेका हुन्।

संघका उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोलि दक्षिण अफ्रिकी देश केन्याको दोस्रो ठुलो शहर मम्बोसामा भएको ७ औं मोम्बसा खुल्ला तोङ्ग ईल मो–दो अन्तराष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा सहभागिता जनाएसँगै सबै खेलाडीले पदक जित्न सफल भएका हुन्।

विश्वको २५ देशले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापनमा केन्याको खेलकुद मन्त्री, विश्व तोङ्ग ईल मो दो संघका संस्थापक डा. जोन हु सुक, संघका अन्तर्रा्ष्ट्रिय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले बिजेता खेलाडीहरुलाई मेडल प्रदान गरेका थिए।

नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य इन्दिरा निरौलाले खादा लगाएर बिदाई गरेकी थिईन्।

तोङ्ग ईल मो–दो नेपालका महासचिव बिष्णु गिरीले खेलाडीहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको भए पनि नेपाली खेलाडिहरुले केन्यामा देशको झन्डा फहराउन सफल भएकोमा खूशी व्यक्त गरे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *