नेपालले जित्यो ४९ स्वर्ण, भारतको अग्रता झन बढ्यो

डिसी नेपाल
२३ मंसिर २०७६ २०:४७

काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले प्रतियोगिता सकिनुको अघिल्लो दिन सोमबार थप ४ स्वर्ण पदक जितेको छ। नेपालले सोमबार कुल स्वर्ण पदक संख्या ४९ पुर्याएको छ।

पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपालका लागि सोमबार पौडीकी गौरिका सिंहले कीर्तिमानी चौथो स्वर्ण पदक जितिन्। यस्तै जुडेमा एक स्वर्ण जितेको नेपालले सोमबार बक्सिंगमा २ वटा स्वर्ण पदक जित्यो।

नेपालले ४९ स्वर्ण, ५३ रजत र ८६ काश्यसहित १८८ पदक जितेको छ।

शीर्ष स्थानमा रहेको भारतको स्वर्ण संख्या सोमबार १४७ पुगेको छ। भारतले १४७ स्वर्ण, ८५ रजत र ४३ काश्यसहित २७५ पदक जितेको छ।

यस्तै तेस्रो स्थानको श्रीलंकाले ३६ स्वर्ण, ७६ रजत र ११३ काश्यसहित २२५ पदक जितेको छ। चौथो स्थानमा रहेको पाकिस्तानले ३२ स्वर्ण, ३५ रजत र ५० काश्यसहित ११७ पदक जितेको छ।

उता पाँचौ स्थानको बांगलादेशले १९ स्वर्ण, ३० रजत र ७८ काश्यसहित १२७ पदक जितेको छ। माल्दिभ्सको १ स्वर्ण र ३ काश्य पदक छ भने भुटानले ५ रजत र १३ काश्यसहित १८ पदक जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *