१३औँ साग : ४९ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा, क-कसले जिते पदक ?

डिसी नेपाल
२४ मंसिर २०७६ ६:४५

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले नवौँ दिनसम्म आईपुग्दा कुल स्वर्ण पदक संख्या ४९ पुर्याएको छ।

पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपालका लागि सोमबार पौडीकी गौरिका सिंहले कीर्तिमानी चौथो स्वर्ण पदक जितिन्।

यस्तै जुडेमा एक स्वर्ण जितेको नेपालले सोमबार बक्सिंगमा २ वटा स्वर्ण पदक जित्यो।

नेपालले ४९ स्वर्ण, ५३ रजत र ८६ काश्यसहित १८८ पदक जितेको छ।

शीर्ष स्थानमा रहेको भारतको स्वर्ण संख्या सोमबार १४७ पुगेको छ। भारतले १४७ स्वर्ण, ८५ रजत र ४३ काश्यसहित २७५ पदक जितेको छ।

यस्तै तेस्रो स्थानको श्रीलंकाले ३६ स्वर्ण, ७६ रजत र ११३ काश्यसहित २२५ पदक जितेको छ। चौथो स्थानमा रहेको पाकिस्तानले ३२ स्वर्ण, ३५ रजत र ५० काश्यसहित ११७ पदक जितेको छ।

उता पाँचौ स्थानको बांगलादेशले १९ स्वर्ण, ३० रजत र ७८ काश्यसहित १२७ पदक जितेको छ। माल्दिभ्सको १ स्वर्ण र ३ काश्य पदक छ भने भुटानले ५ रजत र १३ काश्यसहित १८ पदक जितेको छ।

सन् २०१९ (जारी)

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से (१७ –२३ वर्ष)– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी) – सक्षम कार्की
३०. उसु (थाउलो नान्दौ) – निमा घर्ती मगर

३१. साइक्लिङ – लक्ष्मी मगर
३२. साइक्लिङ – बुद्धिबहादुर तामाङ
३३. जूनी राई- उसु
३४. भूपेन श्रेष्ठ–तेक्वान्दो
३५. गौरिका सिंह–पौडी
३६. सञ्जु चौधरी–भारत्तोलन

३७. दौडः गोपीचन्दा पार्की
३८. गल्फ एकल विधाः सुवास तामाङ
३९. गल्फः टिम इभेन्ट
४०. भारोत्तलनः विकास थापा
४१. पौडीः गौरिका सिंह

४२. भुपेन्द्र थापा मगर ६४ केजी तौल समूह (कराते)
४३. सङ्गीता धामी ५५ किलो तौल समूह (कुस्ती)
४४. गौरिका सिंह (पौडी)
४५. गौरिका सिंह
४६. पुनम श्रेष्ठ (जुडो)
४७. मिनु गुरुङ (बक्सिङ ५४ केजी)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *