आज काठमाडौँमा बिजोर नम्बरका सवारी चलाउन नपाईने
काठमाडौं । आज दक्षिण एशियाली खेलकुद (साग) को समापनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जोर बिजोर नम्बर प्रणाली लागु गरको छ।
ट्राफिक प्रहरीले आज मंसिर २४ गते काठमाडौं उपत्यका भित्र जोर नम्बरका मात्र सवारी साधन चलाउन अनुरोध गरेको छ।
ट्राफिक चापका कारण खेलकुदमा आएका पाहुनालाई समस्या पर्ने भएकाले यस्तो नियम लागू गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेको हो।
यसअघि साग उद्घाटनका दिन मंसिर १५ गते पनि उपत्यकामा जोर बिजोर नम्बर प्रणाली लागु गरेको थियो । उक्त दिन उपत्यकामा प्रहरी, एम्बुलेन्स, कुटनीतिक नियोग र प्रेस लगायत अत्यावश्यक सवारीबाहेक बिरोर नम्बरका सवारी साधन मात्रै गुडेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment