रामेछापको उमाकुण्डमा विशाल गुम्बा निर्माण हुने

डिसी नेपाल
२४ मंसिर २०७६ १२:३६

रामेछाप । रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड गाँउपालिका-६ झगरे खानि भन्ने ठाउँमा करोडौँ लागानीमा भब्य बौद्ध गुम्बा, बिहार शिक्षालयको निर्माण हुने भएको छ ।

२०७६ साउन ३ गते परम पुजनीय छैंटौँ निर्माणकार्य धर्मगुरु थेण्डुप रिन्पोछेले उमाकुण्ड गाँउपलिकामा वाड नं ६ स्थित झगरे खानीमा शान्ति, समृद्धि र दिगो विकासका लागि वाङ तथा प्रवचन कार्यक्रमको आयोजना गर्दै बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदी र वार्ड न. ६ का वडा अध्यक्ष कृष्ण बहादुर सुनुवारको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका स्थानीयको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *