साग समापनमा फुटबलले दिएको खुशी (फोटोफिचर)

डिसी नेपाल
२४ मंसिर २०७६ २१:३७

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको अन्तिम मंगलबार नेपालले पुरुष फुटबलमा भुटानलाई पराजित गर्दै स्वर्ण पदक जित्यो। घरेलु मैदानमा हजारौं दर्शकका अगाडि नेपालले फुटबलको उपाधि उचाल्दा दर्शकहरुमा खुशीको सीमा थिएन। यतिमात्र होइन, खेलको दोस्रो हाफमा नेपालका लागि निर्णायक गोल गरेका सुनिल बलले एल्लो कार्डको परवाह नगरी टि शर्ट खोलेर गरेको सेलिब्रेशन हेर्न लायक थियो।

पहिलो हाफमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिएका थिए। तर, भुटानले पनि पहिलो हाफमै बराबरी गोल फर्कायो।

दोस्रो हाफमा खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडमार्फत सुन्दर गोल गर्दै नेपालको अग्रता बनाएपछि मैदानमा खेलाडी खुशी भए भने दर्शकहरु प्याराफिटमा।

हेर्नुहोस केही तस्वीरहरुM


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *