पत्रकारमाथि भएको कुटपिटप्रति विरोध
काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को समापनका दिन मङ्गलबार पत्रकार सुमन चापागाईं माथि नेपाल प्रहरीले निर्घात कुटपिटप्रति प्रेस काउन्सिल नेपालले विरोध गरेको छ ।
काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारीगरी मङ्गलबार बिहान ११ः०० बजे फोटो खिच्ने क्रममा नागरिक दैनिक तथा नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य पत्रकार चापागाईं माथि नेपाल प्रहरीले गरेको निर्घात कुटपिटको घटनाका दोषीमाथि कानूनी कारवाही गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,“आम जनतालाई सुसूचित गर्न कर्तव्य निर्वाह गर्ने क्रममा पत्रकारमाथि प्रेस स्वतन्त्रताको समेत ख्याल नगरी प्रहारीद्वारा गरिएको उक्त कुटपिटका कारण नागरिक दैनिकका पत्रकार चापागार्इं घाइते भएकोप्रति काउन्सिल विरोध गर्दछ ।”
त्यस्तै मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रङ्गशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार सङ्कलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्बीर खिच्ने क्रममा प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईंमाथि लाठी प्रहार गरेको भन्दै नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाले समेत विरोध गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment