नेपाली युवा भारतमा सम्मानित
काठमाडौं। लामो समयदेखि पिछडा वर्गको उत्थानमा लागेका नेपाली युवक भारतमा सम्मानित भएका छन्। सप्तरीमा जन्मिएका प्रकाशमणी राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो।
राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सकट मिर्जाले गोल्ड प्लेट वितरण गरे । राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरुबाट अन्तराष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । उनी नेपाल पिछडा वर्ग ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन्।
उनी लामो समयदेखि सामाजिक काममा क्रियाशील छन्। राउतसँगै वाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन्। अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन्। सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी बनेका थिए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment