च्याम्पियन्स लिगः सिरी ‘ए’को शीर्ष टिमदेखि गत सिजन सेमिफाइनल खेलेको टिमसमेत बाहिरिए

डिसी नेपाल
२६ मंसिर २०७६ ८:२८

काठमाडौं। युरोपको सबैभन्दा ठूलो क्लव फुटबल लिग च्याम्पियन्स लिगको अन्तिम १६ टिमको टुंगो लागेको छ । गएराती समूह चरणका सबै खेल सकिएपछि अन्तिम १६ को टुंगो लागेको हो । लिगको यस सिजन केही बलिया टिमसमेत समूह चरणबाटै बाहिरिएका छन् । समूह एफबाट बार्सिलोना र बोरुसिया डर्टमण्ड नकआउट चरण पुग्दा इन्टर मिलान बाहिरिएको छ ।

यस सिजन आफ्नो घरेलु लिग सिरी ‘ए’मा भने इन्टर मिलान शीर्ष स्थानमा छ । शीर्ष स्थानको इन्टर मिलान बाहिरिए पनि दोस्रो स्थानमा रहेको युभेन्टस, छैटौं स्थानमा रहेको एटलान्टा र सातौं स्थानमा रहेको नापोली भने नकआउट चरण पुगेका छन् । यस्तै समूह एचबाट चेल्सी र भ्यालेन्सिया नकआउट चरण पुग्दा अयाक्स बाहिरिएको छ । च्याम्पियन्स लिगको अघिल्लो सिजन अयाक्स सेमिफाइनलसम्म पुगेको थियो र टोटनह्यामसँग हारेर बाहिरिएको थियो । नेदरल्याण्डको घरेलु लिग एरिडिभिजेमा भने अयाक्स यस सिजन पनि शीर्ष स्थानमै छ ।

यस सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा समूह ए बाट पिएसजी र रियल मड्रिड, समूह बी बाट बायर्न म्युनिख र टोटनह्याम, समूह सी बाट म्यान्चेस्टर सिटी र एटलान्टा, समूह डी बाट युभेन्टस र एथ्लेटिको मड्रिड, समूह इ बाट लिभरपुल र नापोली, समूह एफ बाट बार्सिलोना र बोरुसिया डर्टमण्ड, समूह जी बाट आरबी लेपजेग र लियोन तथा समूह एच बाट भ्यालेन्सिया र चेल्सी नकआउट चरण पुगेका छन् । अब अन्तिम १६ को ड्र डिसेम्बर १६ मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *