पोखरा प्रिमियर लिग मंसिर २८ देखि सुरु हुने, खेल तालिका सार्वजनिक

डिसी नेपाल
२६ मंसिर २०७६ ९:१०

काठमाडौँ । टी–२० लिग पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक भएको छ । विभिन्न छ वटा टिमले भाग लिने टी–२० फ्रेंचाईजी लिग यही मङ्सिर २८ गते देखि पुष १२ गते सम्म हुने भएको छ ।

पिपिएलमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज, काठमाडौँ रोयल्स गरी ६ टिम खेल्दै छन् । पिपिएलको पहिलो सिजनको उपाधि घरेलु टिम पोखरा पल्टनले जितेको थियो ।

नेपालमा हुने तीन प्रमुख टी–२० लिग मध्येको एक बनेको पिपिएल पछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को यस बर्षको प्रतियोगिता आगामी फागुन १७ देखि चैत्र १ सम्म हुने घोषणा गरिसकिएको छ । पिपिएलको उद्घाटन खेल पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ । प्रतियोगिताको फाइनल खेल पुष १२ गते हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *