वेस्टइन्डिजविरुद्धको टी–२० सिरिजमा भारत विजयी

डिसी नेपाल
२६ मंसिर २०७६ ९:३९

काठमाडौँ। भारतले वेस्टइन्डिजविरुद्धको टी–२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजलाई ६७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । भारतले दिएको २४१ रनको विशाल लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाएपछि ६७ रनले पराजित भएको थियो ।

वेस्टइन्डिजका लागि कप्तान केरन पोलार्डले सर्वाधिक ६८ रन बनाए भने शेमरन हेटमायरले ४१ रन बनाए । त्यस्तै केसरिक विलियम्सले १३ र हेडेन वाल्शले ११ रन बनाएका थिए । भारतीय बलर दिपक चहर, भुवनेश्वर कुमार, मोहमद सामी र कुलदीप यादवले २–२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै २४० रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ९१ रन बनाएका थिए । त्यस्तै रोहित शर्माले ७१ र कप्तान विराट कोहलीले ७० रन बनाएका थिए ।

योसँगै भारतले ३ खेलको सिरिज २–१ ले जितेको छ । सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल वेस्टइन्डिजले जितेको थियो । खेलको प्लेयर अफ द म्याच भारतका केएल राहुल बने भने प्लेयर अफ द सिरिज भारतीय कप्तान विराट कोहली बने । अब वेस्टइन्डिजले भारतविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल डिसेम्बर १५ मा हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *