श्रोत नखुलेको १३ लाख रुपैयाँसहित २ जना पक्राउ

डिसी नेपाल
२६ मंसिर २०७६ १२:५७

काठमाडौं । बाँकेमा श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र पाँच नम्बर प्रदेश ब्युरोबाट खटिएका प्रहरीले भे. ५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १३ लाख रुपैयाँ सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका – २ बस्ने बिनोदकुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

बाघको छाला र हड्डीसहित १ जना पक्राउ

त्यस्तै दैलेखमा बाघको छाला र १ थान हड्डीसहित १ जना पक्राउ परेका छन् । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका – ४ तिलुकानाबस्ने ६८ वर्षीय शिबबहादुर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई–छिपाई राखेको अवस्थामा छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *