बीपीएलमा बबाल, यी बलरले वाइड र नो बल फाल्दा क्रिकेटजगतमा तरंग (भिडियो)

डिसी नेपाल
२७ मंसिर २०७६ १८:३७

काठमाडौं। बांगलादेशमा बिहीबारदेखि बांगलादेश प्रीमियरलीग (बीपीएल) चलिरहेको छ। लीगको दोस्रो खेल बिहीबार सिल्हट थण्डर र चटगाउँ च्यालेन्जर्सबीच भएको थियो।

सिल्हट थण्डरका क्योरिबयन बलर किस्मर संतोकी आफ्नो दोस्रो ओभर लिएर च्यालेन्जर्सका श्रीलंकाली खेलाडी अविष्का फर्नान्डोका अगाडि बलिंग गर्न थाले।


उनले दोस्रो बल वाइड फाले। बल यति वाइड थियोकी त्यो मुस्किलले किपरले कभर गर्न सके। लगभग लेग साइडबाट एक मिटर बल फुलटसमा वाइड थियो।

यसपछि उनले यही ओभरमा अर्को आश्चार्यजनक बलिंग गरे। उनले फ्रन्टफुट नो बल गरे। उनी बलिंग गर्न करिब १ फिट अगाडि आए।


यसरी एक अन्र्राष्ट्रिय क्रिकेट खेलिसकेको खेलाडीले बलिंग गरेपछि सामाजिक सञ्जालहरुमा खेलमा स्पट फिक्सिंग भएको हुन सक्ने आशंकामा प्रतिक्रियाहरु दिइएका छन्। यो विषयले बांगलादेशमा निकै विवाद निम्त्याएको छ। बांगलादेशी क्रिकेट अधिकारीहरुले यो विषयमा छानविन गर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *