भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित

डिसी नेपाल
२८ मंसिर २०७६ ६:४०

नयाँ दिल्ली । भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन्।

अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिए ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताए ।

राज्य सभाले भने १५ विधेयक पारित गरेको उहाँको भनाई छ ।

संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *