स्थगित भयो नेकपा सचिवालय बैठक
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ।
शुक्रबार स्थगित भएको नेकपाको बैठक शनिबार दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको थियो। तर, शनिबार पनि बैठक बस्न सकेन।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार ९ बजे धुम्बाराहीमा बैठक बस्ने जानकारी दिए। उनले आइतबार नै पार्टी स्थायी कमिटीको बैठक पनि बस्ने बताए। तर, शनिबारको सचिवालय बैठक स्थगित हुनुको कारणबारे भने उनले कुनै जानकारी दिएनन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment