गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त

डिसी नेपाल
२२ साउन २०८३ १२:५५

काठमाडौं। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

अस्पतालको निर्देशक पदमा नियुक्त भएसँगै डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त निर्देशक डा. अमात्यले देशको एक मात्र विशिष्टीकृत मुटुरोग अस्पताल ‘सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र’बाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप गुणस्तरीय, प्रविधिमैत्री र सर्वसुलभ बनाउन आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *