सुडानका पूर्व राष्ट्रपतिलाई २ बर्ष नजरबन्दमा राख्न अदालतको आदेश

डिसी नेपाल
२९ मंसिर २०७६ ६:२६

खार्तुम, सुडान । सुडानको अदालतले आन्दोलनको आडमा सेनाद्वारा पदच्युत गराइएका पूर्व राष्ट्रपति ओमार हसन अहमद अल–बसिरलाई दुई बर्ष नजरबन्दमा राख्ने आदेश गरेको छ।

उनलाई सामाजिक सेवा सुविधासहितको सुधारगृहमा नजरबन्दमा राख्न सजाय अदालतले सुनाएको हो।

“आफ्नो कार्यकालमा पदको दुरूपयोग गरी अकुत विदेशी मुद्रा आर्जन गरेको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा अदालतले पूर्व राष्ट्रपति अल–बसिरलाई दोषी ठहर गरेको छ,” न्यायाधीश अल–सादिक अब्देल रहमानले अदालतको निर्णय सुनाउँदै भने ।

“अदालतले उनलाई दुई बर्ष सामुदायिक सुधार केन्द्रमा पठाउने सजाय गरेको छ ।”

उनले थपे, “सुडानको कानून अनुसार कुनै पनि ७० बर्ष काटेको नागरिकलाई जेल सजाय गर्न मिल्दैन ।त्यसैले उहाँलाई सामाजिक सुधार गृहमा नजरबन्दमा राख्नसक्ने निर्णय सुनाएको छ।”

पचहत्तर बर्षीय बसिरले उनीमाथि लागेको अर्को मुद्दा, जुन अदालतमा विचाराधीन अवस्थामा छ, माथि सुनुवाईपछि हुने फैसलापछि नजरबन्दको सजाय सुरू हुनेछ।

भ्रष्टाचारविरोधी आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिई निर्दोष नागरिकको हत्यामा सम्लग्नता रहेको भन्दै बसिरमाथि दोस्रो मुद्दा पनि लागेको छ।

गत अप्रिलमा बसिरलाई आन्दोलनको बलमा पदच्युत गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *