ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान

डिसी नेपाल
२९ मंसिर २०७६ १८:०१

काठमाडौं। मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बंगलादेश जुनियर इन्टरनेशनल सिरिज २०१९ मा प्रतिस्पर्धा गर्न ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आईतबार ढाका प्रस्थान गरेको छ।

टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव समिर बहादुर सिंह र सदस्य जगत बहादुर खड्काले बिदाई गरे।

डिसेम्बर १७ देखि २२ सम्म आयोजना हुने सिरिजमा प्रतिस्पर्धा गर्न जाने टोलीको नेतृत्व प्रशिक्षक किरण थापाले गरेका छन्। खेलाडीहरुमा दुवई इन्टरनेशनल सिरिजका विजेता प्रिन्स दाहाल, राष्ट्रिय च्याम्पियन रशिला महर्जन, जेशिका गुरुङ्ग र देवराज राना रहेका छन्।

नेपाली खेलाडीहरुले पुरुष तथा महिला एकल र युगल तथा मिक्स युगलमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *