हिँड्दाहिँड्दै यसरी लडे मोदी (भिडियो)

डिसी नेपाल
२९ मंसिर २०७६ १८:२६
4
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँड्दाहिँड्दै लडेका छन्। उनी कानपुरको अटलघाटमा सिँढी चढ्ने क्रममा लडेका हुन्।

फटाफट सिँढी उक्लिरहेका बेला एउटा खुड्किला छुटेपछि मोदी लडेका हुन्। उनलाई कुनै चोट नलागेको भारतीय संचारमाध्यामले जनाएका छन्। उनी लड्ने वित्तिकै उनको अघिपछि रहेका सुरक्षा गार्डले उनलाई उठाएका थिए।

नमामी गंगे परियोजना अन्तर्गत गंगा नदीको सफाई अभियानको निरीक्षणका लागि प्रधानमन्त्री मोदी अटलघाट पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *