सबै कुरा प्राप्त गर्ने खुशी हुन सक्छ, तर सबै थोक त्याग गर्ने सुखी रहन्छ
काठमाडौं। भगवान बुद्ध सम्बन्धि एउटा रोचक कथा छ। कथा अनुसार भगवान बुद्ध भएको ठाउँमा एक जना राजा आएर सोधे–हाम्रो राजकुमारलाई सबे प्रकारको सुविधा छ, ठूलो महलमा बस्छन्, उनीसँग नोकर चाकर र पूरा फौज नै छ। तै पनि राजकुमार सुखी छैनन्। सधैं तनाव र दुखले घेरिएर बसेका छन्। मैले सबै सेवा सुविधा दिएर हेरेँ, तै पनि उनी सुखी र खुशी हुन सकेका छैनन्। जबकि तपाईँका यी भिक्षु जो पदयात्रा गर्छन्, खानामा जे मिल्यो त्यही खान्छन्, बस्नलाई कुटी नै भएपनि प्रशन्न हुन्छन्, उनीहरुको अनुहारमा सधैं खुशी देखिन्छ। यसको कारण के हो?’
भगवान बुद्धले उत्तर दिए–खुशी खोज्ने हो भने जो सँग केही छैन, त्यो सँग खोज्नुस्। जसले संकल्प गरेर सबैकुरा छोड दिएको छ, त्यही व्यक्ति खुशी र सुखी रहन्छ। जो स्वेच्छाले भौतिक वस्तुको त्याग गर्छ, त्यही व्यक्ति सधैं सुखी रहन्छ। भिकारी कहिल्यै पनि सुखी वा खुशी हुँदैन। किनभने उसले केही पनि छोडेको छैन। उ अभावमा जीवन बिताइरहेको छ। अभावको जीवन जिउनेहरु कहिल्यै सुखी हुन सक्दैनन्। उनीहरुलाई सधैं चिन्ताले सताइ रहन्छ। जसले संकल्प गरेर भौतिक चीजको त्याग गर्छ त्यही मान्छे सुखी र खुशी हुन्छ।
यी दुई विषय हुन्– छोड्नु र छुट्नु। यस्तै तपाइँको राजकुमार पनि सबै सुविधाबाट भरिपूर्ण छन् तर उनको मनमा यी सबै सुविधा छुट्ने डर छ। छुट्नु र छोड्नु दुवैमा अन्तर छ। छुट्नु भन्ने सोचले हामीलाई डराउन सिकायो। जबकि छोड्दिनु वा छोड्ने संकल्प लिँदा तपाईँलाई आत्मविश्वासी र प्रशन्न बनाइ दिन्छ।
जसले कुनै पनि प्राप्त गरेको छैन भने त्यसलाई त्याग गर्न सकिँदैन। त्यागी त्यो हुन्छ जो आफ्नो स्वतन्त्र मनले त्याग गर्छ। साधन, सुविधा सम्पन्न व्यक्ति पनि खुशी रहन सक्दैन। उसलाई पैसाको सुरक्षाको चिन्ता रहन्छ। उ सधैं भयभित रहन्छ। निडर त्यो हुन सक्छ जो स्वेच्छाले त्याग गर्छ। राजालाई आफ्नो प्रश्नको जवाफ प्राप्त भयो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment